काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक दर्जन नेताहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन्।
शनिवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई पार्टीको सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन्।
नेपाल कम्युनिस्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज रमेश परियार, जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष रविन्द्र सुनार, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरका जिल्ला अध्यक्ष कल्पना परियार, नेकपा काठमाडौं-कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष दिपेश नागरी र मञ्चका सचिव राधव परियार लगायत काङ्ग्रेसमा प्रवेश गरेका हुन्।