
मकवानपुर : मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका-१० राप्तीपुल नजिकैबाट आज ७४ किलो ७० ग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका-१३ का ३१ वर्षीय प्रकाश तामाङ र पर्साको ठोरी गाउँपालिका-३ बर्मानगरका ३४ वर्षीय चन्द्रकुमारी श्रेष्ठ छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार चितवनबाट हेटौँडातर्फ आउँदै गरेको वाग्मती प्रदेश०१-०२५ च १९४२ नम्बरको तरकारी बोक्ने गाडीलाई जाँच गर्दा उक्त परिमाणको गाँजा बरामद गरिएको हो। प्रहरीले उनीहरुको साथबाट ३१ हजार रुपैयाँ पनि बरामद गरेको छ।