PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

एमाले मकवानपुरले क्षेत्र १ र २ बाट सिफारिस गर्‍यो ८ जनाको नाम



पहिलोपोस्ट

एमाले मकवानपुरले क्षेत्र १ र २ बाट सिफारिस गर्‍यो ८ जनाको नाम

हेटौँडा : मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ बाट नेकपा (एमाले)ले ८ जनाको नाम सिफारिस गरेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि शनिवार एमालेको २ वटै क्षेत्रीय कमिटीले ८ जनाको नाम सिफारिस गरेको हो।

एमाले मकवानपुर क्षेत्र नम्बर १ कमिटीले प्रतिनिधिसभा निर्वाचनको लागि ५ जनाको नाम सिफारिस गरेको छ। क्षेत्रीय कमिटीको हेटौँडामा सम्पन्न बैठकले एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य तथा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, जिल्ला सचिवालय सदस्य अधिवक्ता मदन कुमार दाहाल, एमाले मकवानपुरका सदस्यहरु नरहरी महत र रमिला सापकोटालाई उम्मेदवारका लागि जिल्ला कमिटीलाई सिफारिस गरेको हो।

यसैगरी, मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ कमिटीले एमाले वाग्मती प्रदेश कमिटीका उपसचिव तथा प्रचार विभागका प्रमुख महेश कुमार बर्तौला, एमाले नेता सुवासचन्द्र ठकुरी र बुद्धरत्न मानन्धरलाई उम्मेदवारमा सिफारिस गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell