PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

बराबरीमा रोकियो लिभरपुल, एभर्टनको लगातार चौथो बराबरी



पहिलोपोस्ट

बराबरीमा रोकियो लिभरपुल, एभर्टनको लगातार चौथो बराबरी
Photo: Liverpool/Twitter

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको छ। गुडिसन पार्क स्टेडियममा सम्पन्न मर्सीसाइड डर्बीमा लिभरपुल घरेलु टोली एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको हो।

खेलमा लिभरपुलले दवाब बनाए पनि गोल गर्न भने चुकेको थियो। खेलको ७० औं मिनेटमा घरेलु टोलीको गोललाई रेफ्रीले भिएआरको सहायतामा मान्यता नदिए पछि खेल बराबरीमा रोकियो। जारी लिगमा एभर्टनको यो लगातार चौथो बराबरी हो।

योसँगै ६ खेलबाट ९ अंक जोडेको लिभरपुल अंकतालिकाको पाँचौं स्थानमा छ भने ४ अंक जोडेको एभर्टन तालिकाको १६ औं स्थानमा छ। लिभरपुले ६ खेलमा २ जित, ३ बराबरी र १ पराजय ब्यहोरेको छ भने एभर्टनले ४ बराबरी र २ पराजय ब्यहोरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell