PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

सिन्धुपाल्चोक २ मा एमालेबाट शेरबहादुर तामाङसहित तीन जना सिफारिस



पहिलोपोस्ट

सिन्धुपाल्चोक २ मा एमालेबाट शेरबहादुर तामाङसहित तीन जना सिफारिस

चौताराः सिन्धुपाल्चोक २ बाट नेकपा (एमाले) ले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पूर्वमन्त्री शेरबहादुर तामाङसहित तीन जनाको नाम सिफारिस गरेको छ। शनिबार बसेको जिल्ला कमिटी बैठकले तामाङ,  हस्त पण्डित र माधव पाण्डेको नाम सिफारिस गरेको हो।

समानुपातिकतर्फ ७ जनाको नाम सिफारिस गरेको छ। कृष्णराज श्रेष्ठ, धर्मकृष्ण श्रेष्ठ, जगन्नाथ आचार्य, डम्बर अर्याल, कमल माझी, डोल्मा तामाङ र दावा तामाङ समानुपातिकमा सिफारिस भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell