PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

नुवाकोट १ मा प्रकाशशरण र रामशरण, २ मा बहादुरसिंह लामासहित तीन जना सिफारिस



पहिलोपोस्ट

नुवाकोट १ मा प्रकाशशरण र रामशरण, २ मा बहादुरसिंह लामासहित तीन जना सिफारिस

काठमाडौं प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा नेपाली कांग्रेससबाट एक सय २७ उम्मेदवार सिफारिस भएका छन्।

दुई निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभातर्फ १४ र प्रदेशसभाको चार क्षेत्रमा एक सय १३ जनालाई सिफारिस भएका हुन्। प्रत्यक्ष र समानुपातिक दुबैका लागि ठूलो संख्यामा सिफारिस भएको हो।

प्रत्यक्षमा नुवाकोट १ बाट प्रकाशशरण महत र डा रामशरण महतलाई सिफारिस भएका छन्। रामशरणको नाम समानुपातिकमा समेत समेटिएको छ। अन्य उम्मेदवारमा केदारनरसिंह केसी, कल्पना नेपाली, कृष्णबहादुर लामा, प्रकाश गोतामे र सीता मिजार छन्।

यस्तै, क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ तीन जनाको नाम सिफारिस गरिएको छ। प्रत्यक्षमा बहादुरसिंह लामा तामाङसहित राज्यलक्ष्मी पाँडे (श्रेष्ठ) र लालीमाया तामाङको नाम सिफारिस गरिएको हो। केन्द्रीय सदस्य अजुर्ननरसिंह केसीलाई समानुपातिकतर्फ सिफारिस गरिएको क्षेत्रीय सभापति जगतबहादुर तामाङले जानकारी दिए। उनका अनुसार समानुपातिकतर्फ केन्द्रीय सदस्य केसीसहित धुव्रप्रसाद अधिकारी र रुक्मिणी सेढाइँलाई सिफारिस गरिएको छ।

यसैगरी, निर्वाचन क्षेत्र १ को प्रदेशसभामा ‘क’बाट प्रत्यक्षतर्फ निवर्तमान सभापति जगदिश्वरनरसिंह केसी, महेन्द्र थिङलगायत १३ जनालाई सिफारिस गरिएको छ। समानुपातिकतर्फ पार्टी सभापति रमेशकुमार महत, डा केदारनरसिंह केसीसहित ३० जनालाई सिफारिस गरिएको कार्यबाहक सभापति उपेन्द्र दाहालले जानकारी दिए।

प्रदेश ‘ख’बाट प्रत्यक्षतर्फ पार्टीका जिल्ला सभापति रमेशकुमार महत, जगदिश्वरनरसिंह केसी, अर्जुनप्रसाद न्यौपाने, वैकुण्ठ मिश्रसहित आठ जनाको नाम सिफारिस गरिएको प्रदेश सभापति रामजी पौडेलले जानकारी दिए। समानुपातिकमा १५ जनाको नाम सिफारिस गरिएको छ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश ‘क’ बाट प्रत्यक्षतर्फ जगदिश्वरनरसिंह केसी, रमेशकुमार महतसहित २१ जनाको नाम सिफारिस गरिएको प्रदेश सभापति वैकुण्ठ पाण्डेले जानकारी दिए। उनका अनुसार समानुपातिकतर्फ जिल्ला सचिव श्रीराम श्रेष्ठसहित १७ जनाको नाम सिफारिस गरिएको छ।

निर्वाचन क्षेत्र नं २ को प्रदेश ‘ख’ बाट प्रत्यक्षतर्फ जगतबहादुर तामाङ, फैसिङ तामाङ र राजकुमार भट्टराईलाई सिफारिस गरिएको प्रदेश सभापति गणेशमान तामाङले जानकारी दिए। उनका अनुसार समानुपातिकतर्फ चोकराज शाक्य, सुरेन्द्रराज अधिकारीसहित ११ जनाको नाम सिफारिस गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell