PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

टोटेनहमले फुलहमलाई हरायो, चेल्सीको पुनरागमन जित



पहिलोपोस्ट

टोटेनहमले फुलहमलाई हरायो, चेल्सीको पुनरागमन जित
Photo: Premier League

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा टोटेनहम हट्सपरले फुलहमलाई हराएको छ। लिगमा अपराजित यात्रा कायम राखेको टोटेनहमले घरेलु मैदानमा पाहुना टोली फुलहमलाई २-१ गोलअन्तरले हराएको हो।

खेलअवधिभर फुलहमलाई दवाबमा राखेको टोटेनहमले कुल २३ वटा प्रहार गरेको थियो जसमा १० वटा प्रहार लक्ष्यमा थियो। घरेलु टोलीले अग्रता भने ४० औं मिनेटमा रिचार्लिसनको पासमा पिअरे इमिल होएबिअरले गरेको गोलमा बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको टोटेनहमको अग्रता दोस्रो हाफमा ह्यारी केनले दोब्बर बनाए। उनले ६० औं मिनेटमा गोल गरेका थिए। उता फुलहमका अलेक्जेन्डर मिट्रोभिचले ८३ औं मिनेटमा गोल गरेपछि खेलको अन्तिम समयमा टोटेनहम अग्रता जोगाउनमा केन्द्रीत रह्यो।

त्यस्तै आजै सम्पन्न अर्को खेलमा चेल्सीले वेस्टहममाथि पुनरागमन जित निकाल्यो। स्टाम्फोर्ड ब्रिज स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले वेस्टह्यामलाई २-१ गोलअन्तरले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ६२ औं मिनेटमा मिचाइल एन्टोनियोले वेस्टहमलाई अग्रता दिलाएका थिए। यद्यपि घरेलु टोलीका बेन चिलवेलले ७६ औं मिनेटमा र काइ हार्भटेजले ८८ औं मिनेटमा गोल गर्दा चेल्सीले २-१ गोलले जित निकाल्न सफल भयो।

जितसँगै टोटेनहमले ६ खेलबाट १४ अंक जोडेको छ भने चेल्सीको १० अंक छ। फुलहमको ८ अंक छ भने वेस्ट हमको ४ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell