PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

अपराजित रियल मड्रिड शीर्षस्थानमा



पहिलोपोस्ट

अपराजित रियल मड्रिड शीर्षस्थानमा
Photo: Laliga

स्पेनिस ला लिगा अन्तर्गत आज सम्पन्न खेलमा रियल मड्रिडले रियल बेटिसलाई हराएको छ। सान्टिआगो बर्नेबेउ स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली मड्रिडले रियल बेटिसलाई २-१ गोलअन्तरले हराएको हो।

खेलको ९ औं मिनेटमै डेभिड अलबाको पासमा गोर्दै भिनिसियस जुनियरले मड्रिडलाई अग्रता दिलाएका थिए। तर, १७ औं मिनेटमा बेटिसका सर्जियो क्यानालेसले बोर्जा इगलेसिअसको पासमा गोल फर्काउँदा पहिलो हाफ १-१ गोलको बराबरीमा रोकियो। दोस्रो हाफमा मड्रिडलाई जिताउन रोड्रिगोले निर्णायक गोल गरे। उनले खेलको ६५ औं मिनेटमा फेडेरिको भाल्भर्डेको पासमा गोल गरेका थिए।

जितसँगै जारी सिजन ४ खेल खेलेर सबैमा जित निकालेको रियल मड्रिडले शीर्षस्थानमा कायम छ। हारका बावजुत बेटिस तालिकाको दोस्रो स्थानमा छ। उसको जारी सिजनको यो पहिलो हार हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell