PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

इन्द्रजात्राका लागि य:सिंलाई गराइयो नगर प्रवेश

इन्द्रजात्राका लागि य:सिंलाई गराइयो नगर प्रवेश

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : यँया: (इन्द्रजात्रा) का लागि य:सिं लाई आज तत्कालीन कान्तिपुर नगरको पूर्वी प्रवेशद्वार रहेको भोटाहिटीबाट तानेर नगर प्रवेश गराइएको छ। भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको य:सिं आइतबार बिहानको शुभसाइतमा तानेर नगर प्रवेश गराइएको हो।

य:सिंलाई भोटाहिटीबाट असन, इन्द्रचोक हुँदै हनुमानढोका पूर्‍याइएको हो। बुधवार हनुमानढोकामा विधिवत् रुपमा य:सिं ठड्याइएसँगै इन्द्रजात्रा सुरु हुन्छ। शुक्रवार भने जीवित देवी कुमारीसहित जीवित देव गणेश र भैरवको रथायात्रा हुनेछ। इन्द्रजात्राको अवसरमा शुक्रवार उपत्यकामा सार्वजनिक विदा दिइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell