PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

बसमा आएका यात्रुको झोलाभित्र साढे ३९ लाख रुपैयाँ, स्रोत खुलाउन नसकेपछि हिरासतमा



पहिलोपोस्ट

बसमा आएका यात्रुको झोलाभित्र साढे ३९ लाख रुपैयाँ, स्रोत खुलाउन नसकेपछि हिरासतमा

काठमाडौंः स्रोत नखुलेको रुपैंयासहित प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

नवलपरासी बर्दघाट नगरपालिका वडा नम्बर ६ बस्ने २२ वर्षीय टिकाराम भट्टराईलाई नियन्त्रणमा लिएको हो। शुक्रवार चन्द्रागिरि नगरपालिका वडा नम्बर २ नागढुङ्गास्थित चेक प्वाइन्टमा ड्युटीमा खटिएको प्रहरी टोली स्रोत नखुलेको  ३९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ गरेको थियो।

धादिङबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ९६७४ नम्बरको बसको ग्यालरीमा झोला बोकी आएको टिकारामले बोकी ल्याएको हरियो रङको आर्मी कम्ब्याट खालको झोलाभित्र रकम फेला परेको थियो। स्रोत खुलाउन नसकेपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell