PahiloPost

Mar 25, 2026 | ११ चैत्र २०८२

नक्कली नोट बनाउने कागजको बन्डलसहित एक जना पक्राउ



पहिलोपोस्ट

नक्कली नोट बनाउने कागजको बन्डलसहित एक जना पक्राउ

काठमाडौं : नक्कली नोट बनाउने सामाग्रीसहित प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। कागजको बन्डलसहित नुवाकोट ककनी घर भएर हाल काठमाडौं बस्ने ३२ वर्षीय हिरामान लामा पक्राउ परेका हुन्।

सशस्त्र प्रहरी बल नेपाल बीओपी बहादुरपुरले ६९ वटा बन्डलमा रहेको ६ हजार ९ सय वटा नक्कली नोट बनाउने सादा कागजसहित उनलाई सर्लाहीको गोडैता नगरपालिका ३ सिमरा भगवतीपुरबाट नियन्त्रणमा लिएको हो।

उनको साथमा १७ हजार तथा कार्टुनभित्र ४० हजार नेपाली रुपैयाँ समेत सशस्त्र प्रहरीले फेला पारेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell