PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

चट्टानसहितको ठूलो पहिरो खसेर बाटो पुरिएपछि वालिङ-जगत सडकखण्ड अवरुद्ध



रासस

चट्टानसहितको ठूलो पहिरो खसेर बाटो पुरिएपछि वालिङ-जगत सडकखण्ड अवरुद्ध

वालिङ : स्याङ्जाको वालिङ-जगत सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ। वालिङ नगरपालिका-६ मिर्दीस्थित सिद्धार्थ राजमार्गबाट चापाकोट नगरपालिका, हरिनास र बिरुवा गाउँपालिकासहित पूर्वी पाल्पालाई जोड्ने उक्त सडकको वालिङ-५ लसुनेमा पहिरो खसेको थियो।

सडकमाथिबाट चट्टानसहितको ठूलो पहिरो खसेर बाटो पुरिएकाले सडक अवरुद्ध भएको वालिङ-५ का वडाध्यक्ष छविलाल आलेले जानकारी दिए। अविरल वर्षासँगै ठूलो पहिरो झरेकाले सिद्धार्थ राजमार्गदेखि दुई/तीन पालिकाको केन्द्र जोड्ने सडक अवरुद्ध भएसँगै सवारीसाधन तथा यात्रुबिच बाटोमै रोकिएका छन्।

सडक खुलाउनका लागि वालिङ नगरपालिकाबाट डोजर आउँदै गरेको उनले बताए। प्रहरी तथा जनप्रतिनिधि पहिरो खसेको स्थानमै पुगेर बाटो खुलाउनका लागि पहल तथा सवारीसाधनको व्यवस्थापन मिलाउने काम गरेका छन्। सवारीसाधनको चाप बढी हुने यस सडकमा तत्कालका लागि एकतर्फी भएपनि बाटो सञ्चालन गर्नतर्फ लागिएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell