PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

संगीतकार संघ नेपालको अध्यक्षमा चेतन सापकोटा



पहिलोपोस्ट

संगीतकार संघ नेपालको अध्यक्षमा चेतन सापकोटा
फोटो : अर्जुन पोख्रेल/फेसबुक

काठमाडौं : संगीतकार संघ नेपालको अध्यक्षमा चेतन सापकोटा निर्वाचित भएका छन्। काठमाडौंमा शनिवार सम्पन्न ११औँ साधारण सभाले सापकोटालाई अध्यक्ष पदमा चयन गरेको हो।

त्यसैगरी, सभाले सापकोटालाई अध्यक्षसहित ११ सदस्यीय कार्यसमिति चयन गरेको हो। वरिष्ठ उपाध्यक्षमा अष्ट लामा, प्रथम उपाध्यक्षमा सुदाम थापा र द्वितीय उपाध्यक्षमा राजन ईशान चयन भएका छन्। बसन्त लामा महासचिव हुँदा प्रल्हाद बोगटी सचिव र राजेश थापा कोषाध्यक्ष बने।

संघको सदस्यहरुमा अर्जुन पोख्रेल, राजनराज सिवाकोटी, शंकर स्माइल र दिनेश बान्तवा परेका छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell