PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

टिकटक बनाउने क्रममा भिरबाट खसेर युवकको मृत्यु



पहिलोपोस्ट

टिकटक बनाउने क्रममा भिरबाट खसेर युवकको मृत्यु

बुटवल : टिकटक बनाउने क्रममा भिरबाट खसेर दाङमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका ५ का ३४ वर्षीय नवीन केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए।

शनिवार राति ९ बजेतिर सल्यानबाट तुलसीपुरतर्फ आउने क्रममा तुलसीपुर उपमहानगरपालिका-३ स्थित साततलेको भिरमा टिकटक बनाउने क्रममा केसी भिरबाट खसेका थिए।

गम्भीर घाइते भएका केसीलाई उपचारका लागि राति नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको डीएसपी गौतमले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell