PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

‘लाइगर’ फ्लप भएसँगै विजय देवरकोन्डाले निर्मातालाई पैसा फिर्ता गर्ने



पहिलोपोस्ट

‘लाइगर’ फ्लप भएसँगै विजय देवरकोन्डाले निर्मातालाई पैसा फिर्ता गर्ने

विजय देवरकोन्डाको डेब्यू बलिउड फिल्म ‘लाइगर’ बक्सअफिसमा फ्लप भएको छ। बक्सअफिसमा फिल्म कमजोर साबित भएसँगै अभिनेता देवरकोन्डाले यस फिल्मका निर्मातालाई आर्थिक सहयोग गर्ने निर्णय लिएका छन्।

भारतमा बलिउड फिल्महरुको बहिष्कारको ट्रेन्ड चलिरहेको बेला यस फिल्मबाट निकै आशा गरिएको थियो। तर, २५ अगस्टमा रिलिज भएको यस फिल्मले आफ्नो लगानी समेत उठाउन नसकिरहेको अवस्था छ। एक सय करोड बजेटमा बनेको यस फिल्मले १० दिनमा विश्वभरिबाट ६६. ८९ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ।

'लाइगर'को कथा नै कमजोर भएको भन्दै दर्शकहरुले फिल्मको आलोचना गरिरहेका छन्। फिल्मबाट नोक्सान भएसँगै विजयले ‘लाइगर’का निर्मातालाई ६ करोड रुपैयाँ बढी सहयोग गर्नेछन्। विजयले धेरै नोक्सान व्यहोरेका चार्मी र को-प्रोड्युसरलाई सहयोग गर्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

करण जोहरको प्रोडक्सन हाउस धर्मा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्ममा देवरकोन्डाका साथै अनन्या पाण्डेको मुख्य भूमिका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell