PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

राजेन्द्र लिङ्देनले सांसद पदबाट दिए राजीनामा, भने : आजबाट सांसदको रुपमा यहाँ उपस्थित हुने छैन



पहिलोपोस्ट

राजेन्द्र लिङ्देनले सांसद पदबाट दिए राजीनामा, भने : आजबाट सांसदको रुपमा यहाँ उपस्थित हुने छैन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएका छन्।

प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन्। निर्वाचन घोषणा भइसेको समयमा सांसदमा रहेर प्रतिनिधिसभामा उपस्थित हुन नैतिकताले नदिएको भन्दै राजीनामा दिएका हुन्।

‘म आजबाट सांसदको रुपमा यहाँ उपस्थित हुने छैन,’ सांसद लिङ्देनले भने।

आगामी निर्वाचनबाट बलियो पार्टीको रुपमा उपस्थित हुने प्रयास गर्ने बताउँदै उनले प्रतिनिधिसभाबाट बिदा भएका हुन्। उनले आजको मितिबाट नै आफ्नो नाममा आउने तलब तथा भत्ता समेत रोक गर्ने उनले सभामुख समक्ष आग्रह गरेका थिए।

उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा झापाबाट निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell