PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बिहानै मापसे गरेर स्कुलको बस चलाउने पाँच जना चालक कारबाहीमा



पहिलोपोस्ट

बिहानै मापसे गरेर स्कुलको बस चलाउने पाँच जना चालक कारबाहीमा

काठमाडौं : काठमाडौं उपत्यकाभित्र चल्ने स्कुल बसका चालकले मापसे गरेर सवारी चलाएको भेटिएको छ।

आइतवार मात्र काठमाडौंका विभिन्न ठाउँमा भएको ट्राफिक चेकिङमा मापसे गरेर सवारी चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। बिहान साढे ५ बजे देखि साढे ८ बजे सम्म गरिएको जाँचमा मापसे गरेका चालक कारबाहीमा परेका हुन।

मापसे गरेर स्कुल बस चलाउने चालकहरूमा काठमाडौंको कलंकीस्थित एलआरआई स्कुलको वाग्मती प्रदेश ०१-००३ क ९१ ५७ नम्बरको बसका चालक राज कुमार पण्डित, धोविघाट स्थित आइडल मोडेल स्कुलको बा ५ क ९७ ९८ नम्बरको बसका चालक राजेश थापा, आइडल मोडेलकै बा १ क ६४ १६ नम्बरको अर्को बसका चालक कृष्ण बहादुर सुनार, तीनकुनेस्थित कौटिल्या स्कुलको प्रदेश ३-०१-०३३ च ९९७ नम्बरको बसका चालक गणेश भण्डारी र चोभार स्थित मोर्डेन ईन्डियन स्कुलको बा ३ क ४६ १६ नम्बरको बसका चालक घना दोर्जे लामा रहेका छन।

मापसे गरेर स्कुलका सवारी साधन चलाएका चालकलाई नियन्त्रणमा लिई नियम अनुसार कारबाही गरेर सम्बन्धित स्कुललाई जानकारी गराई  अर्को चालक मार्फत विधार्थीहरुलाई गन्तव्यमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

यस्तै, चेकिङकै क्रममा अन्य ट्राफिक नियम उल्लंघन गर्ने १२ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरीले साउन ३० गतेबाट सुरू गरेको स्कुल कलेजका विद्यार्थी सुरक्षालक्षित चेकिङ अभियान अन्तर्गत मापसे गरी सवारी साधन चलाँउदै गरेका ३१ जना स्कुल बसका चालकलाई हाल सम्म कारबाही गरिसकेको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell