PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

चिनियाँ सभामुख ली झान्सु भदौ २७ गते नेपाल आउने



पहिलोपोस्ट

चिनियाँ सभामुख ली झान्सु भदौ २७ गते नेपाल आउने
Photo: Xinhua

काठमाडौं : चिनियाँ सभामुख सेप्टेम्बर १२ (भदौ २७)मा नेपाल भ्रमणका लागि आउने भएका छन्। सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चिनियाँ सभामुख ली झान्सुले १२ देखि १५ सेप्टेम्बरसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

दुई सभामुखबिच १२ सेप्टेम्बरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुने बताइएको छ। सभामुखले लीको सम्मानमा सोही दिन साँझ भोज आयोजना गर्ने कार्यक्रम तय भएको छ।

नेपालमा रहँदा लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग १४ सेप्टेम्बरमा र प्रधानमन्त्री शेरबहादुर देउवासँग १३ सेप्टेम्बरमा भेटवार्ता गर्ने छन्। उनले राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि शिष्टाचार भेट गर्नेछन्।

त्यस्तै, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि उनीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell