PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

रुपन्देही ३ मा एमालेबाट घनश्याम भुसालसहित ४ जनाको नाम सिफारिस



पहिलोपोस्ट

रुपन्देही ३ मा एमालेबाट घनश्याम भुसालसहित ४ जनाको नाम सिफारिस

बुटवल : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले रुपन्देही क्षेत्र नम्बर ३ मा घनश्याम भुसालसहित ४ जना उम्मेदवार सिफारिस गरेको छ।

एमाले क्षेत्रीय कमिटीको आइतवार बसेको बैठकले रुपन्देही ३ मा पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका भुसालसहित लुम्बिनी प्रदेश कमिटी सदस्य बासुदेव घिमिरे, लुम्बिनी प्रदेश कमिटी सदस्य यज्ञजित शाह र दुर्गा भुसालको नाम सिफारिस गरेको एमालेले जनाएको छ।

२०७४ सालको निर्वाचनमा एमाले नेता भुसाल र राप्रपाका नेता दीपक बोहोराबिच प्रतिस्पर्धा हुँदा भुसालले फराकिलो मतान्तरले जितेका थिए। भुसालले ३२ हजार ८६६ मत ल्याउँदा बोहराले २७ हजार ४२२ मत पाएका थिए। त्यतिबेला यहाँ नेपाली काङ्ग्रेस र राप्रपाबिच तालमेल भएको थियो।

यस क्षेत्रमा रुपन्देहीको बुटवल उपमहानगरका वडा नम्बर १४ देखि १९, मायादेवी गाउँपालिकाका ७ र ८, ओमसतिया गाउँपालिकाको २ नम्बर वडा, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७, शुद्धोधन गाउँपालिका र तिलोत्तमा नगरपालिकाका १३ र १४ नम्बर वडा पर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell