PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

दाङ २ बाट शंकर पोखरेल सर्वसम्मत उम्मेदवार सिफारिस



पहिलोपोस्ट

दाङ २ बाट शंकर पोखरेल सर्वसम्मत उम्मेदवार सिफारिस

बुटवल : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले शंकर पोखरेललाई दाङ क्षेत्र नम्बर २ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ।

आइतवार बसेको २ नम्बर क्षेत्रीय कमिटीको बैठकले लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमालेका महासचिवसमेत रहेका पोखरेलको एकल नाम सिफारिस गरेको जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिए। २०७४ सालको निर्वाचनमा प्रदेशसभातर्फ दाङ क्षेत्र नम्बर २ (क) बाट निर्वाचित भएका पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका थिए।

२०७४ मा दाङ २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा निर्वाचित भएका थिए। त्यतिखेर एमाले र माओवादीबिचमा चुनावी गठबन्धन भएको थियो।

लुम्बिनी प्रदेशको स्थायी राजधानी बुटवलबाट दाङ सार्न महत्वपूर्ण भूमिका खेलेका पोखरेल पार्टी अध्यक्ष केपी शर्मा ओली नजिकका नेता हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell