
बुटवल : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले गृहमन्त्री बालकृष्ण खाणलाई रूपन्देही क्षेत्र नम्बर ३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ।
कांग्रेसका नेता खाणको नाम रूपन्देही २ बाट पनि सिफारिस भएको छ। कांग्रेस रुपन्देही क्षेत्रीय समितिको बैठकले क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ खाणको एकल नाम सर्वसम्मतिले टुंगो लगाएको क्षेत्रीय सभापति सुशील गुरूङले जानकारी दिए।
खाणले २०६४ र २०७० क्षेत्र नम्बर ३ बाट चुनाव जितेका थिए। २०७४ को निर्वाचनमा उनी प्रत्यक्ष नलडेर समानुपातिकमा बसेका थिए।
आफूलाई असुरक्षित मानेपछि उनको नाम रुपन्देही २ बाट पनि सिफारिस भएको कांग्रेस नेताहरूले बताएका छन्। खाण क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने तयारीमा जुटेका छन्।
यता, नेकपा (एमाले)ले रुपन्देही ३ मा घनश्याम भुसालसहित ४ जना उम्मेदवार सिफारिस गरेको छ।