PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सिन्धुपाल्चोक १ मा माओवादी केन्द्रबाट सभामुख अग्नि सापकोटासहित तीन जनाको नाम सिफारिस



पहिलोपोस्ट

सिन्धुपाल्चोक १ मा माओवादी केन्द्रबाट सभामुख अग्नि सापकोटासहित तीन जनाको नाम सिफारिस
फाइल फोटो।

काठमाडौं : नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सभामुख अग्निप्रसाद सापकोटासहित तीन जनाको नाम सिफारिस भएको छ। सभामुख सापकोटासँगै उनका भतिजा माधव सापकोटा ‘सुबोध’ र फुलम तामाङ ‘प्रज्ञा’को नाम सिफारिस भएको छ।

सुबोध पार्टीका केन्द्रीय सदस्य हुन् भने प्रज्ञा वाग्मती प्रदेश सदस्य हुन्। सिन्धुपाल्चोकको यो क्षेत्र नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको गृह क्षेत्र समेत हो।

गठबन्धन भएमा कुन दलले टिकट पाउने हो भन्ने कौतुहलताकै बिच बस्नेत पार्टीबाट एकल सिफारिसमा परेका छन् भने माओवादी केन्द्र क्षेत्रीय समन्वय समितिले सापकोटासहित तीन जनाको नाम सिफारिस गरेको हो।

माओवादी केन्द्र क्षेत्रीय समन्वय समितिद्वारा प्रस्तावित नामावलीमा प्रतिनिधिसभा १ मा समानुपातिकतर्फ पुण्यप्रसाद पराजुली (खस आर्य), बिष्णुकुमार श्रेष्ठ (आदिवासी जनजाति), पूर्णबहादुर तामाङ (आदिवासी जनजाति), गणेश बिक (दलित), पार्वती थामी (अल्पसंख्यक) उम्मेदवार सिफारिसमा परेका छन्।

प्रतिनिधिसभा १ को प्रदेश सभा (क)तर्फ प्रत्यक्षमा सरल सहयात्री पौडेल एकल सिफारिसमा परेका छन्। सोही क्षेत्रको समानुपातिक तर्फ राजकुमार पौडेल (खस आर्य), लालकान्छा तामाङ (आदिवासी जनजाति), ज्ञानेन्द्र बहादुर गुरुङ (आदिवासी जनजाति), राजु खाती (दलित), आशा गुरुङ शेर्पा (आदिवासी जनजाति) र सुन्दर पहरी (अल्पसंख्यक) कोटामा सिफारिसमा परेका छन्।

प्रतिनिधिसभा १ को (ख)तर्फ भने प्रत्यक्षमा अम्बिका नेपाल, चन्द्र सापकोटा, टीएन सापकोटा, प्रताप सि तामाङ रहेका छन्। समानुपातिक तर्फ अमृता नेपाल (खस आर्य), गोकर्णदास श्रेष्ठ (आदिवासी जनजाति), पदम श्रेष्ठ (आदिवासी जनजाति), सागर परियार (दलित) र सुभाष सुन्दाश (दलित), टिकाराम पराजुली (अपाङ्ग) कोटामा सिफारिसमा परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell