काठमाडौं : नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि २ जनाको नाम सिफारिस भएको छ। क्षेत्र नम्बर २ बाट युवराज दुलाल र चन्द्रबहादुर थापाको नाम सिफारिस भएको हो।
माओवादी केन्द्र क्षेत्रीय समन्वय समितिद्वारा प्रस्तावित नामावलीमा प्रतिनिधिसभा २ मा समानुपातिकतर्फ बलराम बिक (दलित), उद्दन आले मगर (जनजाति) र ठूलोबाबु श्रेष्ठ (जनजाति) उम्मेदवार सिफारिसमा परेका छन्।
प्रतिनिधिसभा १ को प्रदेश सभा (क)तर्फ प्रत्यक्षमा जानुका पराजुली, चिरञ्जीवी आचार्य ‘चिराग’, श्यामकृष्ण श्रेष्ठ र गोबिन्द पराजुली ‘अबिनास’ सिफारिसमा परेका छन्। सोही क्षेत्रको समानुपातिकतर्फ वीरबहादुर तामाङ (जनजाति), ललित श्रेष्ठ ‘अभियान’ (जनजाति), श्याम सुन्दर श्रेष्ठ ‘बिबेक’ (जनजाति), चिनबहादुर तामाङ ‘मुक्ती’ (जनजाति), सुशील बहादुर माझी (अल्पसंख्यक जनजाति) र बिनु खडका (महिला) कोटामा सिफारिसमा परेका छन्।
प्रतिनिधिसभा १ को (ख)तर्फ भने प्रत्यक्षमा फुर्वा स्याङबो, भारत थापा र बिदुर चौलागाईँ रहेका छन्। समानुपातिक तर्फ रोहिणी बिक (दलित), मुना ढकाल (महिला), लम्जुम शेर्पा (जनजाति), अर्जुन लोप्चन (जनजाति), श्याम खड्का (खस आर्य), महेशलाल श्रेष्ठ (जनजाति) र गोपाल नेपाल ‘भिम’ (घाइते अपांग) कोटामा सिफारिसमा परेका छन्।