PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

एमालेले पाल्पा २ बाट ठाकुर गैरेलाई गर्‍यो सिफारिस



पहिलोपोस्ट

एमालेले पाल्पा २ बाट ठाकुर गैरेलाई गर्‍यो सिफारिस

बुटवल : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले ठाकुर गैरेलाई पाल्पा क्षेत्र नम्बर २ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ।

आइतवार बसेको एमाले क्षेत्रीय कमिटीको बैठकले एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले जानकारी दिए। गैरे पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचन लड्ने निश्चित भएको हो।

विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका गैरेले अनेरास्ववियुको केन्द्रीय अध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन्। नेता गैरे हाल एमाले पोलिटब्युरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज हुन्।

२०७४ सालको निर्वाचनमा यस क्षेत्रमा एमालेका उम्मेदवार सोमप्रसाद पाण्डेले जितेका थिए। पाण्डे अहिले नेकपा (एकीकृत समाजवादी)मा छन्। गठबन्धनले यस क्षेत्रमा पाण्डेको नाम सिफारिस गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell