PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

रोकियो आर्सनलको अपराजित यात्रा, म्यानचेस्टर युनाइटेडको सानदार जित



पहिलोपोस्ट

रोकियो आर्सनलको अपराजित यात्रा, म्यानचेस्टर युनाइटेडको सानदार जित
Photo: ManUtd/Twitter

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनललाई हराएको छ। ओल्ड ट्राफोर्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली युनाइटेडले लिगको पाँच खेलसम्म लगातार जित निकालेको आर्सनललाई ३-१ गोलअन्तरले हराएको हो।

युनाइटेडको जितमा मार्कस रासफोर्डको प्रदर्शन शानदार रह्यो। उनले दुई गोल र एक एसिस्ट प्रदान गरे। खेलको ३५ औं मिनेटमा एन्टोनीले रासफोर्डको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको आर्सनललाई बुकायो साकाले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। तर, ६६ औं मिनेटमा रासफोर्डले ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै घरेलु टोलीलाई फेरि अग्रता दिलाए। उनले नै फेरि क्रिस्टियन इरिक्सनको पासमा ७५ औं मिनेटमा गोल थप्दा युनाइटेडले आर्सनलमाथि सनसनीपूर्ण जित निकालेको हो।

हारको बावजुत ६ खेलबाट १५ अंक जोडेको आर्सनल अंकतालिकाको शीर्षस्थानमा कायम छ। अर्कोतर्फ समान खेलबाट १२ अंक जोडेको युनाइटेड पाँचौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell