PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

एसिया कप: भारतमाथि पाकिस्तानको सानदार जित



पहिलोपोस्ट

एसिया कप: भारतमाथि पाकिस्तानको सानदार जित
Photo: PCB/Twitter

एसिया कप क्रिकेट अन्तर्गत गएराति सम्पन्न सुपर फोरको खेलमा पाकिस्तानले भारतमाथि सानदार जित निकालेको छ। दुबई इन्टरनेशनल क्रिकेट मैदानमा सम्पन्न खेलमा पाकिस्तानले भारतमाथि पाँच विकेटको सानदार जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले १९.५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।

सुरुवाती ब्याटिङ गरेको भारतका लागि बिराट कोहलीले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६० रन बनाउँदा ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्माले समान २८ रन बनाएका थिए। त्यस्तै दीपक होडाले १६, ऋषभ पन्तले १४ तथा सूर्यकुमार यादवले १३ रन बनाएका थिए। बलिङतर्फ पाकिस्तानका शाहब आलमले २ विकेट लिँदा नशीम शाह, मोहम्मद हसनैन, हरिस रउफ र मोहम्मद नवाजले समान १ विकेट लिए।

जवाफी ब्याटीङमा उत्रिएको पाकिस्तानको सुरुवात राम्रो रह्यो। ओपनर मोहम्मद रिजवानले सर्वाधिक ७१ रन बनाउँदा मोहम्मद नवाजले आक्रामक ब्याटिङ गर्दै २० बलमा २ छक्का र ६ चौकाको सहायतामा ४० रन बनाए। त्यस्तै आशिफ अलीले १६ रन बनाउँदा फकर जमानले १५, कप्तान बाबर आजमले १४ रन बनाए। त्यस्तै खुशदिल शाह १४ र इफ्तिकार अहमेद २ रनमा अविजित रहे।

बलिङतर्फ भारतका भुवनेश्वर कुमार, अश्रदीप सिंह, रबि विश्नोइ, हार्दिक पाण्ड्या र युजवेन्द्र चहलले समान १ विकेट लिए।

यसअघि यही प्रतियोगिताकै समूह चरणमा भारतले पाकिस्तानमाथि ५ विकेटको जित निकालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell