PahiloPost

Jan 26, 2026 | १३ माघ २०८२

ल्यापटप खरिद गर्ने भन्दै ठगी गर्ने एक युवक समातिए



पहिलोपोस्ट

ल्यापटप खरिद गर्ने भन्दै ठगी गर्ने एक युवक समातिए

काठमाडौः ल्यापटप खरिद गर्ने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

भक्तपुर नगरपालिका-११ तौमडी बस्ने ३२ वर्षीय प्रबिन किजुलाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका-३२ तिनकुनेस्थित इन्फो टेक कम्पनीमा अनलाईन मार्फत् ल्यापटप खरिद गर्न १० हजार रूपैयाँ दिई काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरमा मगाएर बाँकी १ लाख ४८ हजार रूपैयाँ रकम एनएमबी बैंकको निजको खाताबाट भुक्तान हुने भनि विश्वास दिलाई हस्ताक्षर नमिलेको र खातामा रकम समेत नभएको चेक ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई ललितपुर सातदोबाटोबाट पक्राउ गरेको थियो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell