PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्यो



पहिलोपोस्ट

सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्यो

काठमाडौंः गत साता क्रमिक गिरावट भएको सुनचाँदीको मूल्य पुन: बढ्न थालेको छ। सोमबार सुन तोलामा एक सय र चाँदी तोलामा ५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ।गत साताको अन्तिम दिनका तुलनामा तोलामा ६ सय रुपैयाँ बढ्दा आइतबार प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

सोमबार चाँदी प्रतितोला ११ सय १५ रुपैयाँ छ। गत शुक्रबारका तुलनामा आइतबार पनि चाँदी तोलामा ५ रुपैयाँले बढेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनचाँदी मूल्य घटेर कारोबार भइरहेको छ। सुन प्रतिऔंस १७१२.३२ डलर र चाँदी १८.०५ डलर छ। आइतबार सुन प्रतिऔंस १७१२.५० डलर र चाँदी १८.०६ डलर थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell