PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

भन्सार छलि गरेर ल्याएको आइफोन मोबाइल बिक्रि गर्ने दुई युवक समातिए



पहिलोपोस्ट

भन्सार छलि गरेर ल्याएको आइफोन मोबाइल बिक्रि गर्ने दुई युवक समातिए

काठमाडौंः भन्सार छलि गरे ल्याएका मोबाइल सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

यसरी ल्याएका ६ थान आइफोन मोबाइलहरू सहित दुई जनालाई काठमाडौं महानगरपालिका-१४ बल्खुबाट प्रहरीले पक्राउ गरेको हो।        

पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-६ बस्ने २६ वर्षीय सबिन छेंगुतला र स्याङ्जा बिरूवा गाउँपालिका-४ घर भई हाल काठमाडौं ठमेल बस्ने २२ वर्षीय कृष्ण बहादुर थापा रहेका छन्।

काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा भन्सार छलि चोरी पैठारी गरी ल्याइएका मोबाइलहरू बिक्रि भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई मोबाइलहरू सहित फेला पारी पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरणमा बुझाएको प्रहरीले जानकारी दिएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell