PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

लखनउको एक होटलमा आगलागी, २ जनाको मृत्यु



पहिलोपोस्ट

लखनउको एक होटलमा आगलागी, २ जनाको मृत्यु

भारतको उत्तर प्रदेशको राजधानी लखनउमा सोमबार एक होटलमा आगो लागेको छ। हजरतगंज क्षेत्रमा रहेको लेभाना होटलमा आगो लाग्दा २ जनाको ज्यान गएको छ। होटलमा १५ जना फसेको बताइएको छ।

होटलबाट १८ जनालाई उद्धार गरिसकिएको भारतीय सञ्चार माध्यमले जनायो। आगो नियन्त्रणका लागि २४ वटा दमकल प्रयोगमा आएको छ। धुवाँका कारण होटलमा फसेकाहरु बेहोस भएका छन्। त्यहाँ एम्बुलेन्स पनि तैनाथ गरिएको छ ८ जनालाई अस्पताल पुर्‍याइसकेको बताइएको छ।

३० वटा कोठा रहेको उक्त होटलको १८ कोठा बुक रहेको थियो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell