PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

चौतारामा भेट्टाएको तीन लाख रुपैयाँ सरोजले सम्बन्धित व्यक्तिलाई बुझाए



पहिलोपोस्ट

चौतारामा भेट्टाएको तीन लाख रुपैयाँ सरोजले सम्बन्धित व्यक्तिलाई बुझाए

त्रिसुली : नुवाकोटको विदुर नगरपालिका-९ का सरोज श्रेष्ठले भेट्टाएको तीन लाख रुपैयाँ सम्बन्धित धनीलाई नै फिर्ता गरेका छन्।

विदुर-९ को कोलनी निवासी ३३ वर्षका श्रेष्ठले सोही स्थानको चौतारामा आइतवार तीन लाख सात सय ५० रुपैयाँ भेट्टाएका थिए। उनले प्रहरीमार्फत सम्बन्धित धनीलाई रकम फिर्ता गरेका हुन्।

झोलामा रहेको नगदसहित रसुवा घर भएका फुर्सुङ तामाङको नाममा रहेको लु ३ च ५९१३ नम्बर को गाडीको बिलबुक र अन्य कागजात श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा बुझाका थिए। त्यसपछि प्रहरीले सम्बन्धित धनी खोजी गरेर रकम हस्तान्तरण गरेको जल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख रमेश पण्डितले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell