PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

ट्राफिक नियम उल्लङ्घन गर्ने ५१ विद्यार्थी कारबाहीमा, एक जनाले मापसे गरेर सवारी चलाएको समेत भेटियो



पहिलोपोस्ट

ट्राफिक नियम उल्लङ्घन गर्ने ५१ विद्यार्थी कारबाहीमा, एक जनाले मापसे गरेर सवारी चलाएको समेत भेटियो

काठमाडौं : ट्राफिक नियम पालना नगरी सवारी चलाउने ५१ जना विद्यार्थीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

आज बिहान विभिन्न स्कुल/कलेजका विद्यार्थीको सवारी चेक गर्दा ट्राफिक नियम विपरीत भएपछि कारबाही गरिएको छ। मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका एक जना विद्यार्थीसहित ५१ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा सवारी चालक अनुमति पत्र प्राप्त नगरेका २८ जना, कागजपत्र साथमा नभएका २१ जना, तीन जना सवार १ जना र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ जना गरी ५१ जना विद्यार्थी चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

नयाँ बानेश्वरस्थित चेल्सी ईन्टरनेशनल एकेडेमीमा प्लस टु पढ्दै गरेका २१ वर्षीय एक विद्यार्थीलाई चेकिङका क्रममा मदिरा पिएर मोटरसाइकल चलाएको पाइएपछि ट्राफिक प्रहरीले काठमाडौंको दरबारमार्गबाट कारबाही गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell