PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

जङ्गी अड्डामा भारतका सेना प्रमुख मनोज पाण्डे : सम्मान गारत निरीक्षण गरे अनि रोपे विरुवा

जङ्गी अड्डामा भारतका सेना प्रमुख मनोज पाण्डे : सम्मान गारत निरीक्षण गरे अनि रोपे विरुवा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरेका छन्। प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाँच दिवसीय नेपाल भ्रमणमा हिजो नेपाल आएका पाण्डेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज बिहान आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको हो।

सो अवसरमा उनले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षरोपणसमेत गरेका थिए। त्यसअघि उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए।

जड्गी अड्डामै प्रधानसेनापति शर्मा र पाण्डेबिच भेटवार्तासमेत भएको छ। पाण्डेले नेपाली सेनालाई सहयोग सामग्री हस्तान्तरण गरेका छन्।

आजै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्याह्न चिह्न प्रदान गर्नेछिन्।



ट्रेन्डिङ पोस्ट

Ncell