PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

जलवायु संकटकाल घोषणा गर्ने तयारीमा नेपाल



पहिलोपोस्ट

जलवायु संकटकाल घोषणा गर्ने तयारीमा नेपाल

काठमाडौं : वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालले ‘जलवायु संकटकाल’ घोषणा गरेर विश्वको ध्यान तान्ने तयारी गरिरहेको बताएका छन्। सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा यादवले जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले नेपाललाई जलवायु संकटकाल घोषणा गर्ने गरी तयारी भइरहेको बताएका हुन्।

यादवले सबै सरोकारवाला निकाय र विज्ञसँग छलफल गरेर नेपाल जलवायु संकटमा पुगेको घोषणा गरिने बताएका हुन्।

‘जलवायु परिवर्तनका असर सबैतिर देखिने गरी पर्न थालेको छ। नेपालका हिमाल, कृषि, पानीका स्रोतलगायतका क्षेत्रमा जलवायु परिवर्तनको असर परिरहेको छ। नेपालमा जलवायु संकटकालको घोषणा गरी विश्वको ध्यानाकर्षण गर्नुपर्ने बेला भएको छ। हामी यसको तयारीमा छौँ,’ उनले भने।

यस्तै, उनले संकटकाल घोषणाका लागि मन्त्रालयले यसको ‘मोडालिटी’ खोज्ने तयारी थालेको पनि बताए। भने, ‘जलवायु संकटकाल र जलवायु संकट घोषणा गरिरहँदा तथ्यमा आधारित प्रमाण चाहिने भएकाले सोहीअनुसार हामी आगाडि बढिरहेका छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell