PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

केजरीवालले जस्तो काम गर्नुपर्छ भन्ने मानसिकता छ, तर अधिकार छैन : डोरमणि पौडेल



पहिलोपोस्ट

केजरीवालले जस्तो काम गर्नुपर्छ भन्ने मानसिकता छ, तर अधिकार छैन : डोरमणि पौडेल

काठमाडौं : वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले संघीय सरकारले प्रदेश र स्थानीय सरकारको हात बाँधेर राखेको बताएका छन्। प्रदेश राजधानी हेटौँडामा सोमवार भएको संघीयता सवलीकरणसम्बन्धी छलफलमा उनले संघीय सरकारका कारण स्थानीय र प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका हुन्।

उनले संघीयता आएपछि जनताले दिल्लीको अरविन्द केजरीवालको जस्तो काम खोजेको तर केन्द्रले अधिकार भने नदिएको समेत बताए।

‘दिल्लीको केजरीवालले जस्तो काम गर्नुपर्छ भन्ने हाम्रो मानसिकता छ तर त्यसका लागि हामीसँग कति अधिकार छ भन्ने विश्लेषण गर्दैनौँ,’ उनले भने।

संघीय सरकारको मानसिकतामा परिवर्तन नभएसम्म प्रदेश र स्थानीय सरकारका कामकारबाही प्रभावकारी बन्न नसक्ने उनको मत थियो। संघीय सरकारका कारण प्रदेश सरकारले आफ्नो कामको प्रदर्शनलाई देखाउन नसकेको समेत उनले बताए। साथै, संघीयता प्रणाली आफैँमा नकारात्मक नभएको तर केही बुद्धिजीवीले नकारात्मक प्रचार गर्ने काम भएको आरोप उनले लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell