PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

‘किसीका भाइ किसीकी जान’ शीर्षकमा फिल्म बनाउने सलमानको घोषणा



पहिलोपोस्ट

‘किसीका भाइ किसीकी जान’ शीर्षकमा फिल्म बनाउने सलमानको घोषणा

भारतीय अभिनेता सलमान खानले नयाँ फिल्म ‘किसीका भाइ किसीकी जान’ निर्माण गर्ने भएका छन्। उनले एक टिजर सार्वजनिक गर्दै फिल्मको शीर्षकसहित फिल्म बनाउने औपचारिक घोषणा गरेका हुन्।

खानले यसअघि नै बलिउडमा ३४ वर्ष पूरा भएको अवसरमा नयाँ फिल्मको घोषणा गरेका थिए। सोही घोषणाअनुसार उनले आज फिल्मको शीर्षकसहितको टिजर सार्वजनिक गरेका हुन्।

टिजरबाट सलमानको फिल्मको क्यारेक्टर लुक पनि आउट भएको छ। जहाँ उनी लामो कपालमा मोटरसाइकलमा चढेर यात्रा गरिरहेको देख्न सकिन्छ।

फिल्ममा सलमानका साथै पूजा हेगडे, राघव जुयाल, शहनाज गिल, पलक तिवारी, जस्सी गिल र सिद्धार्थ निगमको अभिनय रहने बताइएको छ।सलमान खान र साजिद नाडियाडवाला निर्माता रहेको फिल्मलाई फरहाद साम्जीले निर्देशन गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell