PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

नयाँ बसपार्क क्षेत्र वरपर रहेका अवैध संरचनामा चल्यो काठमाडौं महानगरको डोजर

नयाँ बसपार्क क्षेत्र वरपर रहेका अवैध संरचनामा चल्यो काठमाडौं महानगरको डोजर

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : काठमाडौं महानगरपालिकाले गोंगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर निर्माण गरिएका अवैध संरचना हटाउन सुरु गरेको छ।

आइतवार कोटेश्वर क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाएको महानगरपालिकाले आज महानगरपालिका वडा नम्बर २६ मित्रनगरमा अवैधरुपमा निर्माण गरिएका संरचना हटाउन थालेको हो। वडा नम्बर २६ का वडाध्यक्ष ख्यामराज तिवारीले जथाभावी फुटपाथ र पार्किङ मिचेर बनाइएका संरचना हटाउने काम सुरु गरिएको जानकारी दिए।

महानगरपालिकाले भूमिगत पार्किङ मिचेर बनाइएका दोहोरी साँझसमेत हटाइको हो। आज नयाँ बसपार्कस्थित मित्रनगर प्रवेशद्वारदेखि म्हैपीसम्मका अवैध संरचना हटाइने उनको भनाइ छ।

मित्रनगर विकास तथा टोल सुधार समितिकी उपाध्यक्ष गंगा पन्तले सुन्दर मित्रनगर निर्माणका लागि महानगरपालिकाले गरेको काम सरहानीय भएको बताए।

‘मित्रनगर क्षेत्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि यस्तो कार्यले सहयोग पुग्छ,’ उनले भने।

काठमाडौं महानगरपालिकाले डोजर लगाएर अनधिकृत संरचना हटाएको दृश्य हेर्न स्थानीयको भीड लागेपछि नगर प्रहरी र नेपाल प्रहरीको टोलीले बल प्रयोग गरेर भीड हटाएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell