PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

क्लिन स्विपका लागि नेपालले पायो २५६ रनको लक्ष्य



पहिलोपोस्ट

क्लिन स्विपका लागि नेपालले पायो २५६ रनको लक्ष्य
फाइल फोटो क्यान

काठमाडौं : नेपाल र केन्याबिचको एकदिवसीय अभ्यास सिरिजको तेस्रो खेलमा केन्याले नेपाललाई २ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको छ। नैरबीस्थित जिमखाना क्रिकेट मैदानमा घरेलु टोली केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५५ रन बनाएको हो।

नेपालले यो लक्ष्य पछ्याउन सकेको खण्डमा क्लिन स्विप गर्नेछ। तीन खेलको सिरिजको यसअघिका दुवै खेल नेपालले जितेको थियो।

आज जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको केन्याका लागि कोलिन्स अबुयाले सर्वाधिक ८४ रन बनाउँदा सुकदीप सिंहले ३७ रन बनाए। त्यस्तै, लुकास एनडनसनले अविजित ५९ रन बनाउँदा इम्यानुअल बुण्डीले २३ रन बनाए।

बलिङतर्फ नेपालका सोमपाल कामी र आदिल अन्सारीले समान २ विकेट लिँदा वसीर अहमेद र शाहब आलमले समान १ विकेट लिए।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell