PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

पर्यटनमन्त्रीको दबाबमा पक्राउ परेका सुरक्षागार्डलाई रिहा गर्न गृहमन्त्री खाणको निर्देशन, गुरुङकी श्रीमती पुगिन् अदालत



पहिलोपोस्ट

पर्यटनमन्त्रीको दबाबमा पक्राउ परेका सुरक्षागार्डलाई रिहा गर्न गृहमन्त्री खाणको निर्देशन, गुरुङकी श्रीमती पुगिन् अदालत

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई अभद्र व्यवहार गरेको आरोपमा हिरासतमा रहेका सुरक्षागार्ड शेरजंग गुरुङलाई रिहा गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्। गुरुङ पक्राउ प्रकरणको चौतर्फी विरोध भएपछि गृहमन्त्री खाणले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्दै प्रक्रिया पूरा गरेर छाड्न निर्देशन दिएका हुन्।

मन्त्री श्रेष्ठलाई दुर्व्यवहार गरेको भन्दै गुरुङलाई शुक्रवार प्रहरीले नियन्त्रणमा लिएको थियो। आइतवार गुरुङविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारमा ५ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

'प्रक्रिया पुर्‍याएर छोड्नु भनेर सीडीओलाई भन्नु भएको छ,' गृहमन्त्रीको सचिवालयका एक सदस्यले भने।

शुक्रवार ठमेलस्थित छायाँ सेन्टरमा रहेको एफएस ग्लोबल भिसा सेन्टरमा पुगेका मन्त्रीलाई गुरुङले लाइनमा बस्ने भनेपछि मन्त्री र सुरक्षागार्ड गुरुङबिच विवाद भएको थियो। त्यही विषयलाई लिएर मन्त्री श्रेष्ठको आदेशमा गुरुङलाई दरबामार्ग प्रहरीले पक्राउ गरेको थियो। लाइनमा बस्नु भन्दैमा सुरक्षागार्डलाई पक्राउ गरेपछि मन्त्री श्रेष्ठको चौतर्फी आलोचना भएको छ।

उता गुरुङकी श्रीमतीले आज नै रिहाको लागि अदालतमा बन्दिप्रत्यक्षिकरण रिट दर्ता गराएकी छिन्।‍



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell