PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

मन्त्रीको आलोचना बढेपछि चार दिनमा छुटे सुरक्षा गार्ड, साधरण तारेखमा रिहा



पहिलोपोस्ट

मन्त्रीको आलोचना बढेपछि चार दिनमा छुटे सुरक्षा गार्ड, साधरण तारेखमा रिहा
तस्विरः रवि लामिछानेको फेसबुकबाट

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई अभद्र व्यवहार गरेको अभियोगमा हिरासतमा रहेका सुरक्षा गार्ड शेरजंग गुरुङ रिहा भएका छन्। मन्त्री श्रेष्ठमाथि आलोचना भएपछि चार दिनमा गुरुङ रिहा भएका हुन्। उनी साधरण तारेखमा छुटेमा हुन्। 

गृहमन्त्री बालकृष्ण खाणले प्रक्रिया पुर्‍याएर रिहा गर्न निर्देशन दिएका थिए। त्यसपछि सरकारी वकिल कार्यालयमार्फत सिडिओ समक्ष उपस्थित गराएर रिहा गरिएको हो। 

मन्त्री श्रेष्ठलाई दुर्व्यवहार गरेको भन्दै गुरुङलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको थियो। आइतबार गुरुङविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारमा ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको थियो।

शुक्रबार ठमेलस्थित छाया सेन्टरमा रहेको एफएस ग्लोबल भिसा सेन्टरमा पुगेका मन्त्रीलाई गुरुङले लाइनमा बस्न भनेपछि मन्त्री र सुरक्षा गार्ड गुरुङबीच विवाद भएको थियो। त्यही विषयलाई लिएर मन्त्री श्रेष्ठको आदेशमा गुरुङलाई दरबारमार्ग प्रहरीले पक्राउ गरेको थियो। लाइनमा बस्नु भन्दैमा सुरक्षा गार्डलाई पक्राउ गरेपछि मन्त्री श्रेष्ठको चौतर्फी आलोचना भएको छ।

उता गुरुङकी श्रीमतीले आज नै रिहाको लागि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएकी थिइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell