PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुँदै, यी कलाकारले दिनेछन् प्रस्तुति



पहिलोपोस्ट

दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुँदै, यी कलाकारले दिनेछन् प्रस्तुति
फाइल फोटो।

काठमाडौं : दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुने भएको छ। सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराइएको हो।

दशैँको अवसरमा आगामी असोज १५ गते रंगशालामा सांगीतिक महोत्सवको आयोजना हुनेछ। उक्त कन्सर्टमा द एज ब्याण्ड, नितेशजङ कुँवर, वर्तिका एम राई, आशिष राना, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, सुवानी मोक्तान, द एलिमेन्ट्स ब्याण्डलगायतका कलाकारहरुले प्रस्तुति दिनेछन्।

पत्रकार सम्मेलनमा पार्टी नेपालका श्री गुरुङले सांगीतिक कार्यक्रमले युवा वर्गमा दशैँको प्रवर्द्धन गर्दै एकताको सन्देश दिने, वर्षौँदेखि थलिएको इभेन्ट म्यानेजमेण्ट व्यवसायको हौसला बढाउने र नेपाली कला तथा संस्कृतिलाई युवापुस्तासँग जोड्न सघाउने लक्ष्य राखिएको बताए। उनले दशैँ महोत्सवको टिकटक प्रतिष्पर्धासमेत राखिएको र यसमा उत्कृष्ट १० जनालाई पोखरा रिसोर्ट प्याकेज, विभिन्न रेष्टुरेण्टमा डिनर प्याकेज, भीआइपी एक्सेसलगायत पुरस्कारहरु प्रदान गरिने बताए।

कन्सर्टको आयोजना पार्टी नेपाल, आर्बिट्ररी ग्रुप, केटिएम लाइभ तथा अपट्रेण्डली मिडियाको संयुक्त आयोजनामा हुन लागेको हो। कन्सर्टमा २० हजारभन्दा बढी दर्शक उपस्थित हने आयोजकले अपेक्षा राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell