PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

थप २२१ जनामा कोभिड-१९ संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २ हजार ४४४



पहिलोपोस्ट

थप २२१ जनामा कोभिड-१९ संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २ हजार ४४४

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय २१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ५८ जनामा परीक्षण गर्दा २ सय २१ जनामा संक्रमण देखिएको हो।

१ हजार ५१९ पीसीआर परीक्षण गरिएकोमध्ये १२२ जनामा र २ हजार ५३९ एन्टीजेन परीक्षण गरिएकोमा ९९ जनामा संक्रमण देखिएको हो।

त्यस्तै, सोही अवधिमा २ सय ६ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ४४ रहेको छ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell