PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

गठबन्धनको सिट बाँडफाँटः कार्यदलले भोलि प्रतिवेदनलाई अन्तिम रुप दिने



पहिलोपोस्ट

गठबन्धनको सिट बाँडफाँटः कार्यदलले भोलि प्रतिवेदनलाई अन्तिम रुप दिने

काठमाडौंः सिट बाँडबाँटबारे सत्ता गठबन्धनको कार्यदलको सोमबार बैठकले १६५ निर्वाचन क्षेत्रबारे छलफल गरेको छ। बैठकपछि सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार अन्तिम रुप दिने बताए।

'शीर्ष नेता तहबाट जुन जिम्मेवारी कार्यदललाई प्रदान भएको छ। त्यही जिम्मेवारी अनुसार १६५ निर्वाचन क्षेत्रमा सरसर्ती कसको के पोजिसन कस्तो छ भन्नेबारे छलफल गरेका छौं,' बैठकपछि कार्कीले भने।

यही छलफललाई निरन्तरता दिँदै मंगलबारको बैठकमा शीर्ष तहमा प्रतिवेदन बुझाउने उनले बताए।

'यही छलफललाई निरन्तरता दिँदै भोलि बैठक बस्दैछौं। भोलि बैठक बसिसकेपछि पूर्णरुपले बहन गरेर प्रतिवेदन नेतृत्वलाई बुझाउने सहमतिसहित हामी उठेका हौं,' मन्त्री कार्कीले भने।

आइतबार बसेको गठबन्धनको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि सिट बाँडफाँट दुई दिनमै टुङ्ग्याउने सहमति गरेको थियो। सोही सहमतिअनुसार आजको बैठक बसेको हो।

यसअघिका बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र) ले ६०, नेकपा (एकीकृत समाजवादी) ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए। यसबारेमा सबै दलसँग छलफल गरी न्यायोचित बाँडफाँट हुने मन्त्री कार्कीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell