PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

सर्पको टोकाईबाट छोरीको मृत्यु, आमा सिकिस्त



रासस

सर्पको टोकाईबाट छोरीको मृत्यु, आमा सिकिस्त

कञ्चनपुर : विषालु सर्पको टोकाइबाट बेदकोट नगरपालिका–१० दैजीकी अन्दाजी १८ वर्षीया पुष्पा दमाईको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार घरमै सुतेको बेला पुष्पा बेहोस अवस्थामा फेला परेपछि आफन्तले उपचारका लागि अस्पताल लैजाने क्रममा सोमवार मृत्यु भएको बताइएको छ। शव परीक्षणका लागि महाकाली अस्पताल महेन्द्रनगरमा राखिएको छ। 

मृतककी आमा अन्दाजी ४८ वर्षीया मञ्जु देवी दमाईलाई समेत यही भदौ १८ गते बिहान सुतिरहेको बेला घाँटीमा सर्पले डसेको थियो। महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको सघन उपचार कक्षमा मञ्जुको उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell