PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

यो निर्वाचन सामान्य जनताले लड्न सक्ने खालको छैन, निकै महंगो भयो : प्रचण्ड



पहिलोपोस्ट

यो निर्वाचन सामान्य जनताले लड्न सक्ने खालको छैन, निकै महंगो भयो : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन प्रणाली जनताको हितमा नभएको बताएका छन्। मंगलवार सुदूरपश्चिम प्रदेशको अगुवा कार्यकर्तालाई प्रशिक्षणमा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीसँग प्रचण्डले यस्तो बताएका हुन्।

'निर्वाचन प्रणाली र शासकीय प्रणाली जनताको आवश्यकता र राष्ट्रको आवश्यकता अनुसार छैन,' प्रचण्डले भने, 'सामान्य जनताले लड्न सक्ने खालको छैन। यो निकै महंगो भयो। संसद हुने र बहुमतको प्रधानमन्त्री हुने हुनाले यसले भ्रष्टाचार मौलाउने भइरहेको छ।'

निर्वाचनपछि माओवादीले आन्दोलन गर्ने भन्ने विषयमा सञ्चारकर्मीले जिज्ञासा राखेपछि प्रचण्डले आफूहरु प्रत्यक्ष निर्वाचित कार्यकारीकै पक्षमा रहेको बताएका हुन्। 'यो निर्वाचन प्रणालीले देशलाई धेरै अघि लान मिल्दैन भनेर संविधान सभामै हामीले नोट अफ डिसेन्ट लेखेका छौ,' प्रचण्डले भने, 'प्रत्यक्ष निर्वाचित कार्यकारी भयो भनेमात्र देशमा भ्रष्टाचार रोक्न सकिन्छ भन्ने हाम्रो बुझाइ हो।'

यो निर्वाचन प्रणाली ठीक छैन भनेर जनता र राजनीतिक दलले समेत अनुभव गरिसकेको उनको भनाई थियो। 'यो दुईवटा निर्वाचन पछि प्रमाणित नै भयो। यो निर्वाचन प्रणाली र शासकीय प्रणाली जनताको हितमा छैन। यही कुरा हामीले जोड दिन खोजेका हौं,' प्रचण्डले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell