PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

दक्षिण कोरियामा हिन्नामनोर आँधी, उत्तर कोरियामा पनि सतर्कता



पहिलोपोस्ट

दक्षिण कोरियामा हिन्नामनोर आँधी, उत्तर कोरियामा पनि सतर्कता
Photo : YONHAP/REUTERS

दक्षिण कोरियामा हिन्नामनोर आँधीका कारण जनजीवन प्रभावित भएको छ। बाढी र पहिरोको जोखिम औंल्याउँदै गेजियो शहरबाट आँधी आउन अघि नै ३ हजार ५०० जनालाई स्थानान्तरण गरिएको जनाएका छन्।

आँधीका कारण विभन्न शहर जलमग्न भएका छन्। हालसम्म मानविय क्षतिको कुनै विवरण नआएको तर २५ वर्षीय पुरुष भने बेपत्ता रहेको जनाइएको छ।

सन् २००३ मा आएको माएमी आँधीपछिकै यो सबैभन्दा शक्तिशाली आँधी हो। आँधीका कारण हवाई र रेल सेवाहरु स्थगित भएका छन्। व्यापार र विद्यालयहरु बन्द रहेका छन्।

आँधीको जोखिमलाई मध्यनजर गर्दै उत्तर कोरियाले पनि सतर्कता अपनाउन रणनीति बनाउन थालेको छ। नेता किम जोङ उनले दुईदिने प्रकोप न्यूनिकरण बैठक आयोजना गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell