PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

‘टोरी लिडर’ लिज ट्रसलाई प्रधानमन्त्री देउवाले दिए बधाई



पहिलोपोस्ट

‘टोरी लिडर’ लिज ट्रसलाई प्रधानमन्त्री देउवाले दिए बधाई

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतको कन्जरभेटिभ पार्टीको नेतामा लिज ट्रस निर्वाचित भएकोमा बधाई दिएका छन्।

लिज ट्रस ‘टोरी लिडर’मा निर्वाचित भएको सोमवार घोषणा गरिएको थियो। ऋषि सुनकलाई पराजित गर्दै उनी बेलायतको नयाँ प्रधानमन्त्री बन्दैछिन्। आज लिजले बेलायती महामारी एलिजाबेथसँग प्रधानमन्त्रीका रुपमा सपथ लिँदैछिन्।

देउवाले लामो समयदेखिको नेपाल-बेलायत सम्बन्धलाई अझ सुमधुर बनाउन लिजसँग काम गर्न आफू तत्पर रहेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell