PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

रणवीर र आलिया अभिनित ‘ब्रह्मास्त्र’को एक लाखभन्दा बढी अग्रिम टिकट बुकिङ



पहिलोपोस्ट

रणवीर र आलिया अभिनित ‘ब्रह्मास्त्र’को एक लाखभन्दा बढी अग्रिम टिकट बुकिङ

बलिउड फिल्मको बहिष्कार अभियान चलिरहेको बेला फिल्म ‘ब्रह्मास्त्र’ले भने शुभ संकेत देखाएको छ। रणवीर कपुर र आलिया भट्ट अभिनित ‘ब्रह्मास्त्र’ आउँदो ९ सेप्टेम्बरमा रिलिज हुँदैछ।

रिलिज मिति नजिकिँदै गर्दा गत शनिवारदेखि यस फिल्मको अग्रिम टिकट बुकिङ खुला गरिएको थियो। रियल कपल आलिया र रणवीरको फिल्मको टिकट बुकिङ आक्रामक देखिएको छ।

मल्टिप्लेक्स सिनेमा हल सञ्चालन गर्ने पीवीआरले अग्रिम टिकट बिक्रीको तथ्यांक सार्वजनिक गरेको छ। सार्वजनिक डाटाअनुसार सोमबारसम्म एक लाखभन्दा बढी टिकट बुकिङ भइसकेको छ।

ब्रह्मास्त्र (भाग एक) हिन्दीसहित तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा रिलिज हुँदैछ। अयान मुखर्जी निर्देशित यो फिल्म टुडी र थ्रीडी र आइम्याक्स थ्रीडी फर्म्याटमा समेत रिलिज हुने बताइएको छ।

यस फिल्ममा रणवीर र अलियाका साथै अमिताभ बच्चन, नागार्जुन अक्किनेनी, मौनी रोय लगायतका कलाकारहरूको अभिनय छ। यो एक अलौकिक शक्तिसँग सम्बन्धित फिल्म हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell