PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

माओवादी केन्द्रले नुवाकोटबाट चार जनाको नाम सर्वसम्मत रुपमा गर्‍यो सिफारिस



पहिलोपोस्ट

माओवादी केन्द्रले नुवाकोटबाट चार जनाको नाम सर्वसम्मत रुपमा गर्‍यो सिफारिस

नुवाकोट : आगामी मंसिर ४ मा हुने सङ्घ र प्रदेश निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) नुवाकोटले सर्वसम्मत रुपमा चार जनाको नाम सिफारिस गरेको छ।

प्रत्यक्षतर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट हितबहादुर तामाङ, प्रदेशसभा ‘क’ बाट राधिका तामाङ, ‘ख’ बाट पुष्प लामिछाने र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ बाट रामप्रसाद ढुङ्गानाको नाम सर्वसम्मतरुपमा सिफारिस भएको हो।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्ष तर्फबाट केशवप्रसाद पुडासैनी, सुभद्रा नेपाल र माधवप्रसाद पाण्डेको नाम सिफारिस गरिएको छ।

माओवादी केन्द्र जिल्ला समन्वय समितिको बैठकबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट समानुपातिकतर्फबाट छ जनाको नाम सिफारिस गरिएको हो। सिफारिस हुनेमा विमला सुवेदी, श्रीकृष्णप्रसाद अधिकारी, शिव खाती, गमला श्रेष्ठ, जानुका धमला र रेखा भण्डारी रहेका छन्।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ बाट छ जना र ‘ख’ बाट आठ जनाको नाम सिफारिस भएको हो। समानुपातिकतर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट विमला सुवेदी, राममायाँ बोगटी र कृष्ण आनन्द विकको नाम सिफारिस भएको छ। प्रदेशसभा ‘क’ बाट सात जनाको र ‘ख’ बाट पनि सात जनाकै नाम सिफारिस भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell