PahiloPost

Jun 16, 2026 | २ असार २०८३

उपेन्द्र यादव सप्तरी २ बाट सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस



रासस

उपेन्द्र यादव सप्तरी २ बाट सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस
फाइल फोटो।

राजविराज : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत रुपले सिफारिस भएको छ।

जसपा नेपाल सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को सम्पन्न बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष यादवलाई सर्वसम्मत रुपले सिफारिस गरिएको जसपाका कोषाध्यक्ष एवं प्रचार विभाग प्रमुख वृजमान तामाङले जानकारी दिए।

जसपा अध्यक्ष यादव २०७४ सालको निर्वाचनमा पनि क्षेत्र नम्बर २ बाटै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। यस्तै, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट वर्तमान प्रतिनिधिसभा सदस्य डा सूर्यनारायण यादव, पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं (ख)का प्रदेशसभा सदस्य तथा मधेश प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहको नाम सिफारिस भएको कोषाध्यक्ष एवं प्रचार विभाग प्रमुख तामाङले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell